स्थानीय तह निर्वाचनमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । आयोगका अनुसार ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ६३८ तहमा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३१

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : ८१ वर्षमाथिका १७ जना, ४० वर्ष मुनिका १४ हजार निर्वाचित

काठमाडौं । गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा ४० वर्ष मुनिका ४१ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार ३५ हजार ९७ जना जनप्रतिनिधि निर्वाचित हुँदा ४० वर्ष मुनिका १४ हजार ४४२ जना निर्वाचित भएका हुन् । जुन ४१.१४ प्रतिशत हो । विवरणअनुसार सबैभन्दा धेरै ४१ देखि ६० वर्षमा […]

स्थानीय तह निर्वाचन : माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का ५ हजार ४५ जना जनप्रतिनिधि देशका विभिन्न पालिकामा निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गते गरेको स्थानीय तह निर्वाचनमा हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरूमा उक्त सङ्ख्यामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरू […]