स्वतन्त्र भएपछि भारतले लडेका सबै युद्धको विवरण सार्वजनिक गर्न पहल

सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखि भारतले धेरैवटा युद्ध लडेको छ ।  ती युद्धका साथै भारतले अनेकौं मिसन पूरा गरेको छ तर तिनको धेरै जानकारी उपलब्ध छैन । भारत सरकारले ती जानकारी सार्वजनिक गर्नका लागि पहल गरिरहेको छ ।  रक्षा मन्त्रालयले युद्ध तथा सैन्य अभियानको इतिहासलाई आर्काइभ गर्न, गोपनीयता सूचीबाट हटाउन र सामग्रीको संग्रह सम्बन्धी नीति बनाउन स्वीकृति दिएको छ ।  युद्ध इतिहासको प्रकाशनले मानिसहरूलाई घटनाको सही विवरण उपलब्ध गराउन सहायता हुने रक्षा मन्त्रालयको कथन छ ।  केही रक्षा ...