एक नेपालीको थाप्लोमा साढे ५७ हजार रुपैयाँ ऋण

 मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्र हो । बैङ्कका अनुसार पछिल्लो तीन वर्षमा मुलुकको सार्वजनिक ऋण झण्डै ६५ प्रतिशतले नै वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकको सार्वजनिक ऋण जम्मा १० खर्ब ४७ अर्ब ५८ करोड मात्र रहेकोमा त्यसको ठिक तीन वर्षपछि आर्थिक वर्