विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी

साउन १९, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो ।   प्रधानमन्त्री देउवाले मंगलवार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया शुरू गर्न निर्देशन दिनुभएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजिनामा दिन भनेकी हुन् ।  कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । शाक्यले राजिनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको स्रोतले बताएको छ ।