ओमिक्रोन भेरियन्टको जोखिम बढे पछि भारतको नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

काठमाण्डाै - कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ । दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको हो । हिजो दिल्लीमा २ सय ९० जना नयाँ सङ्क्रमित भेटिए पछि र सङ्क्रमित एक जनाको ज्यान गएपछि सरकारले रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो । कोरोनाको सङ्क्रमण फेरि बढे पछि भारतका अन्य राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् भने भीडभाडमा पनि रोक लगाइएको छ । भारतमा अहिलेसम्म चार सयभन्दा धेर...