महापुराणमा भक्तजनबाट उठेको करोडौं रुपैयाँ अपचलन भएको गंगालाल श्रेष्ठको आरोप, पण्डित दिनबन्धुदेखि उपमेयर नेपालसम्मको नाम मुछियो

काठमाडौं, २ फागुन । उर्वर भूमि नेपालका अध्यक्ष गंगालाल श्रेष्ठले देवी भागवत लगाउने र शान्ति पुजा गर्ने क्रममा पण्डित दीनबन्धु पोखरेल, मण्डन देउपुर नगरपालिकाका उपमेयर विष्णुमणि नेपाल, सोही नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार तामाङ, रामबहादुर तामाङ र ठेगाना थाहा नभएका मुकुन्द नेपाल भन्ने व्यक्तिले करोडौं रुपैया उठाएर अपचलन गरेको आरोप लगाएका छन् […]