भारतीय अखबार लेख्छ, 'नेपालमा भारतीय महिला सुरक्षित रहनुका साथै उपचारसमेत भयो'

काठमाडौं : भारतको झारखण्ड र उत्तरप्रदेशका मानसिक अवस्था कमजोर भएका दुई महिला हराएको एक जुग नै अर्थात १२ वर्ष भइसकेको थियो। एउटी महिला सन् २००९ देखि हराइरहेकी थिइन् भने अर्की सन् २०१३ देखि। दुवै महिला हराएर नेपाल आइपुगेका थिए। नेपाल आएका उनीहरूलाई नेपाल प्रहरीले काठमाडौंको आश्रममा राखेको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ। उसले नेपालमा उनीहरूलाई १२ वर्षसम्म सुरक्षा मात्र दिएको नभएर मानसिक रोगको उपचारसमेत गरिदिएको उल्लेख गरेको छ।मानसिक रोग निको भएपछि उनी