काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सीमानामा पर्ने मोडमा भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।
दुर्घटनामा चारजना महिला र पाँचजना पुरुष गरी ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, तीनजना पुरुष र एकजना महिला गरी चारजनाको धुलिखेल...
काठमाडौं: रामेछापको सुनापति गाउँपालिकामा भएका बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । तीमध्ये १२ जनाको सनाखत भएको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले थाहा खबरलाई जानकारी दिए। दुर्घटनामा परी सुनापति गाउँपालिका ५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आले मगर र ६० वर्षका खड्ग विकको घटनास्थलमै मृत्यु भएको डिएसपी थिङले बताए। त्यसैगरी घटनास्थलमै मृत्यु हुनेमा सुनापति ४ की ६० वर्षकी सन्दिपा तामाङ, काभ्