विश्व सम्पदा दिवस मनाइयो

विश्व सम्पदा दिवस, बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व सम्पदाको संरक्षण तथा संवद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन भन्दै हरेक वर्ष वैशाख ५ गते यो दिवस मनाइने गरिन्छ । यसैक्रममा काठमाडौं महानगरपालिकाको संयोजनमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारदेखि स्वयम्भू क्षेत्रसम्मको रुटमा अवस्थित सम्पदाको संरक्षण र यसको प्रवद्र्धनका लागि साताव्यापी सम्पदा मार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ ।

सम्बन्धित सामग्री

काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड

काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व सम्पदा संरक्षणको दायित्व

प्रत्येक वर्ष नेपाललगायत विश्वभरि अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न कार्यक्रमका साथै यस दिवस मनाउने गरिन्छ । यो विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो र यस दिवसमा विश्वभरि धेरै सम्पदा संरक्षणका आवाज उठ्ने गर्दछन् । यसरी विभिन्न किसिमका सम्पदा चोरीनिकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा […] The post विश्व सम्पदा संरक्षणको दायित्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पनौती र नमोबुद्ध विश्वसम्पदा सूचीकरणका लागि पहल

काभ्रेपलान्चोक । आज अप्रिल १८ अर्थात् विश्व सम्पदा दिवस । नेपालमा पनि सो दिवस मनाउने गरिन्छ । विश्व सम्पदाको संरक्षण तथा सम्बद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक वर्ष आजका दिनमा मनाइने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरणलगायत क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाबीच सहकार्य […]

विश्व सम्पदा दिवस : भूकम्पले भत्केका महत्त्वपूर्ण सम्पदा पुनर्निर्माणमा ढिलाइ

काठमाण्डाै - आज विश्व सम्पदा दिवस मनाइँदै छ । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा सम्पदा दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपालमा पनि सम्पदा संरक्षणमा जोड दिएर विभिन्न कार्यक्रम हुँदै आएका छन् । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संघठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ । काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा समेटिएका छन् । २०७२ सालको भूकम्पले नेपाल...