एमाले पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदल भंग भएपनि कार्यदलका सदस्यहरुले एकता प्रयासलाई जारी राख्ने भएका छन् ।शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले असार २७ गते कार्यदलले तयार पारेको पार्टी एकतासम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल भंगको घोषणा गरेको थियो । तर, कार्यदलमा रहेका दुवै तर्फका नेताहरुले औपचारिक रुपमा कार्यदल भंग भएपनि पार्टी एकताको प्रयास जारी राख्ने भएका हुन् ।नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिनुभन्दा अघि नै एमाले एकता प्रक्