हरियो तरकारी र उपभोग्य वस्तुको मूल्य बढ्यो

तिहार नजिकिँदै गर्दा बजारमा हरियो तरकारीसँगै खाद्यान्नदेखि तिहारको बेला प्रयोग हुने भाइ मसलाको मूल्य बढेको छ ।तरकारी उत्पादन कम भएको र अन्य सामानको मूल्य बढेर आएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् । सामानको मूल्य बढेर आएकाले मूल्य बढाउनुपरेको व्यवसायीको भनाइ छ । पछिल्लो समय बजारमा सबैभन्दा धेरै हरियो तरकारीको मूल्य बढेको छ । तरकारीको उत्पादन […]

सम्बन्धित सामग्री

तरकारीको मूल्य बढ्यो

तीजको मुखमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । तीजमा ताजा हरियो तरकारीको माग बढेको तर उत्पादन घटेकाले तरकारीको मूल्य वृद्धि भएको हो । गत सातासम्म प्रतिकेजी ७०–७५ रुपियाँ थोक र ९० रुपियाँ खुुद्रा मूल्य रहेको स्थानीय काउली तीजसम्म आइपुुग्दा थोकमा १३० रुपियाँ र खुद्रामा दोब्बरभन्दा बढीले महँगिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा थोकमा प्रतिकेजी स्थानीय काउली १२० रुपियाँसम्म कारोबार भएको छ भने त्यही बजारमा खुद्रामा १८० रुपियाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । सो बजारमा एक साताअघि स्थानीय काँक्रो प्रतिकेजी ७०–७५ रुपियाँमा बिक्री भएकामा अहिले बढेर थोकमै १४० रुपियाँ पुगेको छ । खुद्रामा त प्रतिकेजी दुई सय रुपियाँ पुगेको छ । चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, गाँजर, घिउ सिमी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।