लास उठाउनु भन्दा लाठी उठाउँछु भन्ने मेयर फागो ताते अस्पताल निर्माणमा

गत साल पहिलो चरणको कोरोना संक्रमणका बेला मान्छे मरेर लास उठाउनु भन्दा लाठी उठाउँछु भन्दै भाटे कारबाहीमा ओर्लेका उर्लाबारीका मेयर खड्गबहादुर फागो यतिबेला अक्सिजन सहितको कोभिड अस्पताल निर्माणमा जुटेका छन् ।

सम्बन्धित सामग्री

अभियान टिप्पणी: करको औचित्य

नेपालको सबैभन्दा ठूला महानगरपालिका काठमाडौंले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । नगरसभामा प्रस्तुत गरिएको बजेटले लगानीकर्ता आकर्षित गर्नेभन्दा पनि कर बढी उठाउने उद्देश्य लिएको देखिन्छ । त्यसैले उसले विभिन्न व्यवसायमाथि कर लगाएको छ र करसमेत थपेको छ । कर उठाउनु महानगरको अधिकार नै हो तर यसरी उठाइएको कर कहाँ खर्च हुन्छ र त्यो खर्चको औचित्य के हो भन्ने चाहिँ उसले स्पष्ट पार्नु आवश्यक हुन्छ ।  नेपाल महँगो करप्रणाली भएको देशका रूपमा चिनिन्छ । कुल गार्हस्थ्य उत्पादनको २४ प्रतिशत त करबाट नै उठाइन्छ । जति कर लगाइएको छ त्यसअनुसार जनतालाई सेवासुविधा दिन भने सरकारले आवश्यकता नै देखेको छैन । कर कहाँ खर्च हुन्छ भनेर जनताले अनुभूति गर्न पाएका छैनन् ।  सबैजसो देशमा कर लिइन्छ । आयको ४० प्रतिशतसम्म कर लिने सरकारहरू पनि नभएका होइनन् । तर, ती देशका सरकारले कर लिएअनुसार आफ्नो जिम्मेवारी पूरा गरेको पाइन्छ । करदातालाई सुविधा मात्रै होइन, सम्मान पनि गर्ने गरिन्छ ।  त्यही भएर ती देशमा करदाता हुनुलाई गर्वका रूपमा लिइन्छ । सरकारी अधिकारीहरू पनि करदाताप्रति उत्तरदायी हुनुपर्छ भन्छन् र त्यसअनुसार जिम्मेवारी पनि पूरा गर्छन् । नेपालमा करदातालाई सुविधा त छैन नै सामान्य चिनारीसमेत दिन आवश्यक ठानिएको छैन । उल्टै कर तिरेको प्रमाणपत्र लिन समेत कर्मचारीलाई रिझाउनुपर्ने अवस्था छ । यस्तोमा करको औचित्य सिद्ध हुने गरी कर लिने स्थिति बसाल्नु जरुरी छ ।  काठमाडौं महानगरका मेयर बालेन शाहप्रति धेरैले आशाको दृष्टिले हेरेका छन् । उनका काम केही विवादित छन् भने केही परिणाममुखी पनि देखिएका छन् । त्यसैले उनले अहिले कर बढाएअनुसार करदाताले पाउने थप सुविधा के हो भनेर स्पष्ट पार्न सक्नुपर्छ । जनतासँग जसरी हुन्छ कर असुल गर्नेभन्दा उठाइएको करलाई सदुपयोग गरे मेयर शाहको सिको देशभरका पालिकाहरूले गर्न सक्छन् ।  त्यसैले अहिले महानगरले उठाउन खोजेको करको औचित्य त्यतिबेला पुष्टि हुन्छ जतिबेला जनताले खाई नखाई तिरेको करको सदुपयोग हुन्छ । कमसेकम कर तिर्नेले के पाउने भन्नेमा कर उठाउने निकायले ध्यान दिनुपर्छ ।

बालेनले भनेः अदालतको आदेश हामीले मात्र होइन, संघीय सरकारले पनि मान्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएको आदेशको परिपालना गर्न प्रष्ट, प्रतिबद्ध र दृढ रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्ने उल्लेख गरेका छन् । मेयर साहले अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै  नभई, संघीय सरकार लगायत सबैले दृढतापूर्वक […]

कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर उठेका दुवै पुरुषको मनोनयन खारेज भएको छ । निर्वाचन आयोगका अनुसार कृष्णनगर नगरपालिकामा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए । कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि […] The post कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

किशोर थापा काठमाडौंको मेयरमा नउठ्ने

१८ चैत, काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्‍वार उठ्नेहरुको लहड चहिरहँदा गत चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा १८ हजार ४९६ मत ल्याएर चर्चामा आएका पूर्व सचिव किशोर थापा मेयरमा नउठ्ने भएका छन् । पार्टीले उठाएको उम्मेद्‍वारलाई समर्थन गर्ने भन्दै उनले नयाँ पुस्तालाई मेयर उठाउनु पर्ने बताएका छन् । पाँच वषअघि आफूले इच्छा गरेर मेयर उठेको र […]

गत बर्ष ‘भाटे कारवाही’मा उत्रिएका उर्लाबारीका मेयर कोभिड अस्पताल निर्माणमा जुटे

गत बर्ष पहिलो चरणको कोरोना संक्रमणको समयमा ‘मान्छे मरेर लास उठाउनु भन्दा लाट्ठी उठाउछु’ भन्दै भाटे कारवाहीमा उत्रिएका उर्लाबारीका मेयर खड्ग बहादुर फागो यतिबेला अक्सिजन सहितको कोभिड अस्पताल निर्माणमा जुटेका छन् ।