न्युज अफ नेपाल, काठमाडौं । जनप्रतिनिधि पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुननिर्माण, संरक्षण र प्रवर्धनका लागि गरेका कामका विषयमा पत्रकारहरुलाई जानकारी गराइएको छ । आज मेयर विद्यासुन्दर शाक्यले, महानगरका क्षेत्रगत काममध्ये मूर्त अमूर्त सम्पदा जोगाउन, सम्बर्धन तथा प्रवर्धन गर्न लिएका नीति, बनाइएका योजना र योजना कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा जानकारी गराउनुभएको हो । […]