हुन्डाईको विद्युतीय गाडी आयोनिक–५ नेपाली बजारमा

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको इलेक्ट्रीक भेहिकल आयोनीक–५ बिक्री सुरु गर्ने तयारी पुरा गरेको छ । नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ । हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको हो । यो आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रीक भेहिकल प्लेटफर्म’ मा बनेको हो । यसको डिजाइन अत्याधुनिक र आ

सम्बन्धित सामग्री

हुन्डाइले सार्वजनिक गर्‍यो विद्युतीय गाडी खरिदमा सस्तो ब्याजदर योजना

काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आफ्नो विद्युतीय सवारी साधन कोना र आयोनिक ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतामा हुण्डाइले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरी एस्तो योजना ल्याएको हो । यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत […]

१० प्रतिशतभन्दा कम ब्याजदरमा हुण्डाईका विद्युतीय गाडी

काठमाडौं  । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले  विद्युतीय सवारीसाधन (ईभी) कोना र आयोनिक ५ सस्तो ब्याजदरमा खरीद गर्न सकिने योजना ल्याएको छ । दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता आत्मसात् गर्दै हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरी यस्तोे योजना ल्याएको बताइएको छ । यस योजनाअन्तर्गत इच्छुक खरीदकर्ताले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षका लागि) उक्त ईभी खरीद गर्न सक्ने भएका हुन् । ईभीमा बढ्दो चासोको गहिरो बुझाइका साथ उक्त गाडीलाई लक्षित गरी यो अफर ल्याइएको कम्पनीले जानकारी दिएको छ । कोना र आयोनिक ५ नेपालमा धेरै रुचाइएको विद्युतीय गाडी भएको र यी दुवै ईभीले ग्राहकको मन जित्न सफल भएको कम्पनीको दाबी छ । कोना तीन भेरियन्टमा उपलब्ध रहेको बताइएको छ । यसको बजार मूल्य ६० लाखदेखि ६५ लाख रुपैयाँसम्म रहेको बताइएको छ ।  त्यस्तै आयोनिक ५ को भिजन रूफ भेरियन्ट १ करोड ३ लाख रुपैयाँमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा ईभीप्रति बढ्दो आकर्षण, यस्ता छन नेपालमा उपलब्ध १० इलेक्ट्रिक गाडी

चालू आवको साउनदेखि वैशाख मसान्तसम्म ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ हजार ९५५ ओटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात भएको थियो । काठमाडौं  । नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको आकर्षण बढ्दो छ । आर्थिक वर्ष (आव) २०७८/७९ को १० महीनाको तुलनामा २०७९/८० को सोही अवधिमा विद्युतीय सवारीसाधनको आयात झन्डै दोब्बर पुगेको छ । भन्सार विभागका अनुसार नेपालमा चालू आवको साउनदेखि वैशाख मसान्तसम्म ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको २ हजार ९५५ ओटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आवको १० महीनामा नेपालले ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात गरेको थियो । नेपाली बजारमा अहिले दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय सवारीसाधन पाइन्छ । यसले ग्राहकलाई सवारीसाधन किन्ने बेला अन्योलमा पनि पारेको पाइन्छ । विद्युतीय सवारीसाधन किन्दा विशेषगरी मूल्य, माइलेज, ब्याट्री क्षमता, वारेन्टीलगायत पक्षको अध्ययन आवश्यक हुन्छ । नेपाली बजारमा चर्चित १० विद्युतीय सवारीसाधन र तिनका विशेषता  अल न्यू ई–६  अल न्यू ई–६ को नेपालको आधिकारिक विक्रेता साइमेक्स इंक हो । यसको ब्याट्रीको क्षमता ७१ दशमलव ७ किलोवाट आवर र अधिकतम स्पीड क्षमता १३० किलोमीटर प्रतिघण्टा रहेको कम्पनीको भनाइ छ । टर्क क्षमता १८० एनएम रहेको अल न्यू ई–६ एकपटकको फुल चार्जमा ५२२ किलोमीटर कुद्छ ।  यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । मोटरको पावर ७० किलोवाटको छ । कम्पनीका अनुसार ३० मिनेटमा कारलाई ८० प्रतिशत चार्ज गर्न सकिन्छ । गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।  नेपाली बजारमा अल न्यू ई–६ विभिन्न ४ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ५९ लाख रुपैयाँ पर्छ । आयोनिक–५ नेपालमा आयोनिक–५ को आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । यसमा ५८ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा आयोनिक ५ अधिकतम ३७५ किलोमीटरसम्म चल्न सक्छ । गाडीको अधिकतम टर्क ३५० एनएम छ ।  आयोनिक ५ को अधिकतम स्पीड १८५ किलोमीटर प्रतिघण्टा हो । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम छ । यसले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ५ दशमलव २ सेकेन्ड लिन्छ । नेपाली बजारमा आयोनिक–५ विभिन्न ९ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य १ करोड ३ लाख रुपैयाँ तोकिएको छ । आयोनिक ५ ले वल्र्ड कार अफ द इयर, वल्र्ड इलेक्ट्रिक भेइकल अफ द इयर, वल्र्ड कार डिजाइन अफ द इयरजस्ता उपाधि पनि पाएको छ । एटो थ्री  एटो थ्रीको नेपालको आधिकारिक विक्रेता साइमेक्स इंक हो । सन् २०२२ मा साइमेक्सले नेपाली बजारमा एटो थ्री सार्वजनिक गरेको थियो । यसमा ६० दशमलव ४८ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा एटो थ्री अधिकतम ४२० किलोमीटरसम्म चल्न सक्छ । गाडीको टर्क क्षमता ३१० एनएम छ ।  कम्पनीले एटो थ्रीको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । गाडीको मोटरको पावर १०० किलोवाट छ । कम्पनीका अनुसार ८० किलोवाटको चार्जरबाट कारलाई फुल चार्ज गर्न ४५ मिनेट लाग्छ । शून्यदेखि १०० किलोमीटरको गति लिन ९ दशमलव ७ सेकेन्ड लाग्ने यो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ । नेपाली बजारमा एटो थ्री विभिन्न चार रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ६५ लाख रुपैयाँ पर्छ । एमजी जेडएस ईभी एमजी जेडएस ईभीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालि हो । यसमा ५१ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार एमजी जेडएस ईभीले एकपटकको फुल चार्जमा ३२० किलोमीटरभन्दा बढी माइलेज दिन्छ । यसको अधिकतम टर्क २८० एनएम छ ।  कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार फास्ट चार्जरबाट कारलाई ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्छ । यस्तै गाडीले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ८ दशमलव ५ सेकेन्ड लिन्छ । नेपाली बजारमा एमजी जेडएस ईभी विभिन्न ५ रङमा उपलब्ध छ । कम्पनीका अनुसार गाडीको शुरुआती मूल्य ४८ लाख ४९ हजार रुपैयाँ छ । नेपालमा एमजी जेडएस ईभी डिलक्स, कम्फर्ट र लङ रेन्ज गरी तीन ओटा डिजाइनमा उपलब्ध छ । किया निरो किया निरोको नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रूप हो । यसमा ६४ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा किया निरो अधिकतम ४६० किलोमीटरसम्म कुद्न सक्छ । यसले अधिकतम ३९५ एनएमसम्म टर्क उत्पादन गर्छ ।  किया निरोको अधिकतम गति १६७ किलोमीटर प्रतिघण्टा छ । कम्पनीका अनुसार रेगुलर चार्जरबाट यसलाई फुल चार्ज गर्न ९ देखि १० घण्टा लाग्छ । यसले शून्यदेखि १०० किलोमीटर प्रतिघण्टाको स्पीड समात्न ७ दशमलव ८ सेकेन्ड लिन्छ । नेपाली बजारमा किया निरो विभिन्न ६ रङमा उपलब्ध छ । कम्पनीले निरोको मूल्य ७० लाख रुपैयाँ तोकेको छ । कोना इलेक्ट्रोनिक  नेपालमा कोना इलेक्ट्रोनिकको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । नेपालमा अहिले एउटा मात्र १०० किलोवाट क्षमताको कोना इलेक्ट्रोनिक उपलब्ध छ । कम्पनीका अनुसार गाडीले फुल चार्जमा ३९५ किलोमीटरसम्म माइलेज दिन्छ ।  कोना इलेक्ट्रोनिकमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीको क्षमता ३९ दशमलव २ किलोवाट आवर हो । ब्याट्रीलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ ।  कोनाको अधिकतम स्पीड १५५ किलोमीटर प्रतिघण्टा हो । शून्यदेखि १५५ किलोमीटर प्रतिघन्टाको स्पीडमा पुग्न यसलाई ९ दशमलव ९ सेकेन्ड लाग्छ । नेपाली बजारमा कोना सात रङमा उपलब्ध छ । कम्पनीका अनुसार नेपाली बजारमा कोना एनएसको मूल्य ६१ लाख, कोना जीएलको ६२ लाख र कोना जीएलएसको ६४ लाख ५६ हजार रुपैयाँ पर्छ ।  टाटा टिगोर ईभी एक्सई टाटाकै टिगोर ईभीको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । यसमा २६ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा यो गाडी ३०६ किलोमीटर कुद्न सक्छ । गाडीको अधिकतम टर्क १७० एनएम छ ।  कम्पनीले गाडीको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार २५ किलोवाटको फास्ट डिसी चार्जरबाट कारलाई ६५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यो गाडीलाई शून्यदेखि ६० किलोमीटर प्रतिघण्टाको स्पीड लिन ५ दशमलव ७ सेकेन्ड लाग्छ । ग्राउन्ड क्लियरेन्स १७२ एमएम छ । नेपाली बजारमा टिगोर ईभी दुईथरी रङमा उपलब्ध छ । कम्पनीका अनुसार टिगोर ईभी एक्सईलाई ३० लाख रुपैयाँ, टिगोर ईभी एक्सएमलाई ३१ लाख ४९ हजार रुपैयाँ, टिगोर ईभी एक्सजेड प्लसलाई ३३ लाख रुपैयाँ र टिगोर ईभी एक्सजेड प्लस डिटीलाई ३३ लाख ४९ हजार रुपैयाँ पर्ने बताइएको छ । टाटा नेक्सन ईभी टाटा नेक्सन ईभीको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो । यसमा ३० दशमलव २ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । यसमा १०० किलोवाटको मोटर छ । कम्पनीका अनुसार फुल चार्जमा यो अधिकतम ३१२ किलोमीटरसम्म चल्न सक्छ ।  कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ । यो गाडीलाई १ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ ।  नेपालमा नेक्सन ईभी ३ रङमा उपलब्ध छ । कम्पनीका अनुसार नेक्सन एक्सएमको मूल्य ३९ लाख रुपैयाँ, नेक्सन एक्सजेड प्लसको ४१ लाख रुपैयाँ र नेक्सन एक्जेट प्लस लक्सको मूल्य ४३ लाख रुपैयाँ पर्छ ।  निसान लिफ निसान लिफको नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालि हो । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारीसाधन हो । पायोनियर मोटो कर्पले नेपालमा सन् २०२२ देखि निसान लिफ विक्री गरिरहेको छ । यसमा ४० किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । ७ घण्टामा फुल चार्ज हुन्छ । यसको अधिकतम टर्क ३२० एनएम छ । निसान लिफलाई घरमै ३ दशमलव ४ किलोवाटको एसी चार्जर र ५० किलोवाटको डिसी चार्जरले चार्ज गर्न सकिन्छ ।  निसान लिफको अधिकतम गति १५५ किलोमीटर प्रतिघण्टा छ । ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको गाडीले शून्यदेखि १०० किलोमीटरको स्पीड समात्न ७ दशमलव ९ सेकेन्ड लिन्छ । निसान लिफ विभिन्न ११ रङमा उपलब्ध छ । कम्पनीका अनुसार गाडीको मूल्य ६५ लाख रुपैयाँ रहेको छ । नेटा भी नेपालका लागि नेटा भीको आधिकारिक विक्रेता चौधरी ग्रूपअन्तर्गतको सीजी मोटर्स रहेको छ । सन् २०२२ देखि सीजीले नेपालमा नेटा भी आधिकारिक रूपमा विक्री गरिरहेको छ । यसमा ३८ दशमलव ५ किलोवाट आवरको ब्याट्री छ । सीजीका अनुसार नेटा भीले एकपटकको फुल चार्जमा ३८० किलोमीटरभन्दा बढी माइलेज दिन्छ । यसको अधिकतम गति १०१ किलोमीटर प्रतिघण्टा रहेको छ । कम्पनीले गाडीको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी दिएको छ । कम्पनीका अनुसार रेगुलर चार्जरबाट कारलाई फुल चार्ज गर्न ६ देखि ८ घण्टा लाग्छ । यसले ३ दशमलव ९ सेकेन्डमा शून्य देखि ५० किलोमीटरको गति लिन सक्छ । नेटा भीका प्रत्येक क्रेतालाई १ वर्षको बीमाको सुविधा नि:शुल्क दिएको सीजी मोटर्सको भनाइ छ । नेपाली बजारमा नेटा भी विभिन्न ५ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ३८ लाख रुपैयाँ तोकिएको छ । सीजी मोटर्सले नेटा यू प्रो र नेटा एस पनि ल्याउने तयारी गरेको छ ।  १० महीनामा ८ अर्बको विद्युतीय गाडी आयात नेपालमा विद्युतीय सवारीसाधनको माग बढेसँगै चालू आर्थिक वर्ष (आव) को १० महीनामा ८ अर्ब रुपैयाँभन्दा बढीको गाडी आयात भएको छ । भन्सार विभागका अनुसार नेपालले चालू आवको साउनदेखि वैशाख मसान्तसम्ममा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको विद्युतीय चारपांग्रे गाडी आयात गरेको छ । गत आवको १० महीनाको तुलनामा चालू वर्षको सोही अवधिमा विद्युतीय चारपांग्रे आयात रकम ८६ प्रतिशत र परिमाण ९० प्रतिशतले बढेको हो । गत आवको १० महीनामा नेपालले ४ अर्ब ५२ करोड रुपैयाँको १ हजार ५५१ विद्युतीय चारपांग्रे गाडी आयात गरेको थियो । नेपालमा १० महीनामा २ हजार ९५५ ओटा चारपांग्रे गाडी भित्रिएको हो । सबैभन्दा धेरै १०० किलोवाटसम्मका चारपांग्रे आयात भएको देखिन्छ । उक्त अवधिमा १०० किलोवाटसम्मका गाडी ८ अर्ब ९ करोड रुपैयाँको २ हजार ८८२ ओटा आयात भएको छ ।  त्यसैगरी १०० किलोवाटभन्दा बढी २०० किलोवाटभन्दा कमको २७ करोड ५८ लाख रुपैयाँको ६६ ओटा चारपांग्रे आयात भएको छ । त्यस्तै २०० देखि ३०० किलोवाटसम्मको ४ करोड ६ लाख रुपैयाँको सातओटा चारपांग्रे आयात भएको छ । नेपालमा चीन, फ्रान्स, भारत, कोरिया, संयुक्त राज्य अमेरिका, जापानलगायत देशबाट विद्युतीय चारपांग्रे गाडी आयात हुने गरेको छ ।  नेपालमा विद्युतीय गाडीको बजार राम्रो : थापा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेपालमा अहिले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको बजार राम्रो भएको बताउँछन् । थापाका अनुसार विद्युतीय सवारीसाधनमा साउथ एशियन मुलुकमध्ये सबैभन्दा राम्रो बजार नेपालको छ ।  नेपालमा अहिले ग्राहकमाझ १०० किलोवाट क्षमताको विद्युतीय सवारीसाधन लोकप्रिय रहेको थापाले बताए । ‘विद्युतीय सवारीसाधनको क्षेत्रमा अहिले मुख्य दुई चुनौती रहेको पाइन्छ । दक्ष जनशक्ति र चार्जिङ स्टेशन,’ थापा भन्छन्, ‘अहिले हामी निजीक्षेत्रले दक्ष जनशक्ति तयार गरिसकेको अवस्था छ । तर, चार्जिङ स्टेशनका लागि निजीक्षेत्रले मात्र गर्न सम्भव छैन । त्यसैले चार्जिङ स्टेशन निर्माण गर्न निजीक्षेत्रलाई सरकारले सहयोग गर्नुपर्छ ।’  मुलुकभर नै पर्याप्त चार्जिङ स्टेशन नहुँदा विद्युतीय सवारी साधन दुर्गम क्षेत्रमा पुग्न नसकेको थापाले बताए ।  नीतिगत अस्थिरताका कारण विद्युत् सवारीसाधन आयात गर्ने व्यावसायी मर्कामा पर्दै आएको थापाले बताए । विद्युतीय सवारीसाधनको करको दर पटकपटक फेरबदल हुँदा व्यवसायी मात्र नभएर ग्राहक पनि मर्कामा पर्ने गरेको थापा बताउँछन् ।

हुण्डाइको लक्जरियस आयोनिक–५ : नाडा इभी एक्सपोको ‘हट केक’

नेपाली बजारमा विद्युतीय गाडीहरू बढ्दै छन् । विभिन्न कम्पनीहरुले आफ्ना नयाँ नयाँ मोडल ल्याउँदैछन् । सँगै, ‘लक्जरियस इलेक्ट्रिक भेहिकल’ पनि भित्रिने क्रम जारी छ ।यस्तै मध्येको एउटा हो, गाडीहरुलाई ‘फुल डोज’ लक्जरियस ‘फील’ गराउने हुण्डाईको ‘आईओनिक–५’ । सन् २०२२ को सुरुवातबाट हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्याएको ‘आईओनिक–५’ हालसम्मकै लक्जरियस इलेक्ट्रिक गाडी हो ।‘नेचुरल ईभी’कोरियामा सन् १९७५ मा पोनी (PONY) गाडी निकालिएको थियो । निकै आकर्षक डिजाइनको उक्त गाडीको झल्को दिने गरी कोरियन कम्पनी हुण्डाईले ‘आईओनिक–५’को डिजाइन गरेको छ । अझ यसमा निकै आधुनिक फिचरहरु थपिएका छन् ।पूरानो र कलात्मक डिजाइनमा आधुनिक प्रविधिको मिश्रण गराएर ईजीएमपी (इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्म)मा आधारित भएर यो गाडीको डिजाइन गरिएको छ । सुरुबाटै यसको डिजाइन इलेक्ट्रिक डिजाइन हो ।यो गाडीमा ब्याट्री बाहिर राखिएको नभई यसमा डिजाइन गर्दै च्यासिसभित्रै जडान गरिएको हुन्छ । त्यसैले यो गाडी ‘नेचुरल ईभी’ हो भन्न सकिन्छ । अत्याधिक विशेषता र लक्जरियसआइओनिक–५ मा निकै विशेषता छन् । यसको डिजाइनिङ र स्टाइल निकै आधुनिक र लक्जरियस छ । यसमा प्यारामेट्रिक पिक्सल हेडल्याम्प, पिक्सेल टेल लाइट, ३६० डिग्रीको क्यामेरा पाउन सकिन्छ । ‘ब्लाइन्ड स्पट मोनिटरिङ’ ले ५० डिग्रिमा दृश्य देखाउँछ । सामान्य अरु गाडीहरुले ऐनाबाट २५ डिग्रीमा मात्रै देखाउँछन् । सिटहरु इलेक्ट्रिक सिस्टमले ‘सेट’ गर्न सकिन्छ । ड्राइभर र ड्राइभर छेउका २ वटा सिटमा पनि फरक फरक ‘स्पिड’का एसी लगाउन सकिने विशेषता छ । जस्तो, ड्राइभर सिटमा एसी २० लगाईएको छ भने छेउको सिटमा १७ मात्रै लगाउन पनि सकिन्छ । स्टेरिङको छेउमा १२.२५ इन्चका २ वटा डिस्प्ले छन् । हुण्डाईका अरु गाडीमा भन्दा यसमा गजबको फरक के छ भने स्टेरिङमा ‘एच’ लेखिएको छैन । ‘मोर्स कोड’ अनुसार ४ वटा ‘डट’ (थोप्ला’ हुन्छन् । मोर्स कोडमा ४ वटा डट भनेको ‘एच’ हो । ड्राइभर साइट र अर्को छेउकै सिटको बीचमा हुने ‘सेन्ट्रल कन्स्लोभ’ ‘मुभ’ हुन्छ । त्यसलाई सारेर त्यहीँबाट ओहोरदोहोर गर्न सकिन्छ ।छेउको हात राख्ने ठाउँ र स्पिकर भएको ठाउँ रातीको समयमा लाइटले लक्जरियस देखिन्छ । आई–पेडल मोड र भी२एल (भेहिकल टू लोड) यसका अर्का विशेषता हुन् । यसमा एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न मिल्छ । चार्ज गर्नु परेन भने रहेको चार्जले टिभि चलाउन मिल्छ, फ्रिज र वाशिङ मेशिन जस्ता विद्युतीय उपकरण चलाउन सकिन्छ । वातावरणमैत्री पनि‘लक्जरियस ईभी’ ‘आईओनिक–५’ले एकातिर नेपालको आफ्नै बिजुलीको खपत बढाएर इन्धनमा बाहिरिने रकम बचत गर्न योगदान गर्छ भने अर्कोतिर यो वातावरणमैत्री पनि छ । विद्युतीय गाडी आफैँमा वातावरणमैत्री हुन्छन् । तर, यो यसमा पनि ‘एडभान्स’ छ । यस भित्र डिजाइन गरिँदा ब्याट्री र अरु उपकरणबाहेक सबै ‘रिसाइकल आइटम’बाट सजावट गरिएको छ ।‘फ्ल्याक्स सीड्स’, रिसाइकल प्लास्टिकहरु प्रयोग गरिएको छ । १२५ किलोवाट मोटर क्षमता र ५८.९ किलोवाट आवर ब्याट्री क्षमता भएको यो ईभीको डीकी बटमबाटै खोलिन्छ । अगाडीको बोनेट पनि ‘अटो’ अडिन्छ ।उच्च सुरक्षा मापदण्डआईओनिक–५ सुरक्षाका दृष्टिकोणले पनि निकै मजबुत मानिन्छ । ‘युरो एनकेप’ले गरेको ‘र्याङ्किङ’मा यो गाडीले ‘फाइभ स्टार’ पाएको थियो । फाइभ स्टार भनेको सबैभन्दा उच्चतम् अंक हो ।यसको अगाडी र पछाडीको टायरको दुरी ३ हजार मिलिमिटर छ । ४ हजार ६३५ मिटर लम्बाइ भएको यो गाडी सोलार रुफ र भिजन रुफ २ भेरियन्टमा पाइन्छ । यसको अर्को महत्वपूर्ण विशेषता भनेको ग्राउण्ड क्लियरेन्स हो । १६० मिलिमिटरको ग्राउण्ड ग्राउण्ड क्लियरेन्स छ । यसमा कसैलाई ‘अफ रोड’ कुदाउन शंका लागे १ इन्चसम्म बढाउन सकिन्छ । कम्पनीले नै बढाइदिने सुविधा छ ।सोलार रुफमा सोलार प्यानल नै जडान गरिएको हुन्छ । त्यसबाट पनि अटोमेटिक चार्ज हुन्छ ।एक पटकको फूल चार्जमा सोलार रुफमा ४५० किलोमिटरसम्म (प्रयोगकर्ताको अनुभवका आधारमा) र भिजन रुफमा ३७५ किलोमिटरसम्म कुद्न सक्ने यो गाडीको खरिदमा ‘लेभल वान’ चार्ज हुने ‘वायर लेस’ चार्जर पाइन्छ । लेभल–२ र लेभल–३ बाट छिटो चार्ज हुन्छ । लेभल–३ चार्जर भनेको डीसी चार्जर हो । यसबाट १८ मिनेटमै फूल चार्ज हुन्छ । १८ मिनेट चार्ज गर्दा ५ सयभन्दा केही बढी शुल्क लाग्छ । भिजन रुफमा एक पटक फूल चार्ज गरेपछि ३७५ किलोमिटर कुद्ने दाबी गरिएको र सोलार रुफमा सोलारबाट पनि चार्ज हुने भएकाले ४४० देखि ४५० किलोमिटर कुदेको अनुभव प्रयोगकर्ताबाटै आएको हुण्डाईका सेल्स कन्सल्टेन्ट बताउँछन् ।स्पेयर पार्टस्मा समस्या नहोस् भनेर कोरियाबाटै १९ इन्चको ‘ह्वील’ ल्याइएको छ ।विभिन्न ९ फरक रङ्गहरुमा उपलब्ध यो गाडीको मूल्य १ करोड १६ लाख ९६ हजार पर्छ । नाडाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको नाडा ईभी एक्सपो–२०२२ मा यो गाडी प्रदर्शनमा राखिने छ । हुण्डाईका सेल्स कन्सल्ट्यान्ट दीपेश गौतम भन्छन्, ‘हुण्डाईको यो ईभी एडभान्स छ, लक्जरियस छ । यो वातावरणमैत्री पनि छ । यसमा नेपालकै बिजुली प्रयोग हुन्छ । डिजेल र पेट्रोलभन्दा ९ गुणा बढी सस्तोमै चार्ज गरेर हिड्न सकिन्छ ।’

हुन्डाईको विद्युतीय गाडी आयोनिक–५ को नेपालमा बिक्री सुरु

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ को बिक्री सुरु गर्ने भएको छ । आयोनीक–५ विश्वभर चर्चामा रहेको र यो मोडल निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा तयार भएको कम्पनीले जनाएको छ । हुन्डाई आयोनीक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ प्राप्त गरेको कम्पनीले...