संसदीय विशेष समितिले भेटेन अर्थमन्त्रीविरुद्धको आरोप पुष्टि गर्ने प्रमाण

संसदीय विशेष समितिले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन असफल बनेको छ । संसदीय विशेष समितिले १७ दिन लामो छानबिनबाट तयार पारेको प्रतिवेदनमा अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि गर्ने आधार फेला नपारेको हो ।अर्थमन्त्री शर्मामाथि बजेट बनाउने क्रममा जेठ १४ गते राती अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोप लागेको थियो । सो आरोप लागेसँगै उपभोक्ता अधिकार सम्बन्धि संस्थाले जेठ १४ गतेको सीसीटीभी फुटेज माग गर्दै अर्थमन्त्रालयमा सूचनाक

सम्बन्धित सामग्री

चोलेन्द्रले लगाएको आरोप पुष्टि गर्न चार पूर्वप्रधानन्यायाधीशको चुनौती (पत्रसहित)

काठमाडौँ – महाअभियोग लागेका अभियुक्तले कसैमाथि दाबी वा अभियोग लगाउन नसक्ने हुँदा उसले भनेकै भरमा महाअभियोग सिफारिस समितिले सुम्पिएको विषयभन्दा बढी क्षेत्राधिकार विस्तार गर्न नसक्ने चार जना पूर्व प्रधानन्यायाधीशहरुले बताएका छन्। समितिमा आफूहरु उपस्थित हुन नसक्ने भन्दै पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले महाअभियोग सिफारिस समितिलाई पठाएको पत्रमा उक्त धारणा राखेका […]

जबरामाथि लगाइएको महाअभियोगबारे नेपाल बार र सर्वोच्च अदालत बारद्वारा प्रमाण पेस

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनले उपलब्ध प्रमाणहरू महाअभियोग सिफारिस समितिमा बुझाएका छन् ।  आज आइतवार दिउँसाे संसद् सचिवालयमा पुगेर नेपाल बार एसाेसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइको महाअभियोग सिफारिस समितिले प्रमाण पेस गर्न दिएको समयभित्रै उपलब्ध प्रमाणहरू पेस गरेको हो । म...

नेपाल बार र सर्वोच्च अदालत बारले पेश गरे प्रमाण

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरू महाअभियोग सिफारिश समितिमा आज बुझाएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा आइतबार दिउँसो पुगेर नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग सिफारिश समितिले प्रमाण पेश गर्न दिएको समयभित्र

अर्थमन्त्री शर्मालाई संसदमा एमालेले स्वीकार्‍यो

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनः नियुक्तिपछि पहिलो पटक संसदमा रोष्ट्रम प्रयोग गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ गते राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन भएको थियो । समितिले शर्मामाथि लागेको आरोप पुष्टि […]

संसदीय छानबिनमा निवर्तमान अर्थमन्त्री शर्मा निर्दोष साबित

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाएका छन् । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धान गर्दा शर्माविरुद्ध लगाइएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको हो ।प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए । छानबिनका क्रममा समितिले ७५ घण्टा ख

जनार्दन शर्मामाथिको आरोप पुष्टि नहुने गरी टुंगियो छानबिन समितिको प्रतिवेदन

काठमाडौँ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई लागेको आरोप पुष्टि नहुने करिब पक्का भएको छ। आर्थिक वर्ष २०७९।८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप पुष्टि हुन नसक्ने छानबिन समितिका एक सदस्यले बताए। सिसिटिभी फुटेजमा अनधिकृत व्यक्तिबारे समितिले हालसम्म केही बताउन सकेको छैन। सत्तारुढ दलका सांसद र प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको आरोप प्रत्यारोपबीच सत्य तथ्य छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज १७औँ दिनमा प्रतिवेद

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने पक्का

काठमाडौं, ११ साउन । फुटेज प्रकरण हात्ति आयो हात्ति आयो फुस्सा भएको छ । संसदीय विशेष समितिले बजेट निर्माणमा असम्बन्धित व्यक्ति पसेर करकोदर हेरफेरको आरोप पुष्टि गर्ने आधार भेटेन । अब शुक्रबार समितिले प्रतिवेदन बुझाउने छ । यसका आधारमा शर्माबारे आरोप पुष्टि हुन नसकेको स्पष्ट हुनेछ । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार […]

बिर्तामोड खोप प्रकरण : होटलमा खोप नलुकाएको छानबिन समितिको ठहर

झापा : बिर्तामोडस्थित होटलमा कोरोनाविरुद्धको खोप लुकाएको आरोप पुष्टि नभएको छानबिन समितिले ठहर गरेको छ।छानबिन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले आरोप पुष्टी नभएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार तिमिल्सिनालाई सोमबार बुझाएका छन्। छानबिन समितिले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएकाले खोप बुझ्ने र बुझाउने सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने रायसहित प्रतिवेदन सार्वजनिक गरेको छ।