फिलिपिन्सको बासिलान प्रान्तमा गोली चल्दा चारजनाको मृत्यु

फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा चारजनाको मृत्यु भएको छ। लमितान शहरमा विवाह समारोहका लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेकाहरुमाथि गोली प्रहार हुँदा चारजनाको मृत्यु भएको हो। आक्रमणमा घाइते भएका एकजनाको उपचार भइरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। प्रहरीले घटनास्थलबाट एक दर्जन बढी गोली र एक एम–१६ असल्ट राइफल बरामद गरेको छ। बन्दुकधारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

बारमा गोली चल्दा चार अमेरिकीको मृत्यु

लस एन्जलस : अमेरिकाको क्यालिफोर्निया राज्यको एक बारमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ।घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ। गोली हानाहान भएका वेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ। घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन्।‘घटनास्थलमा चारजनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ। घाइते ६ जनालाई अस्पतालमा लगिएको छ’,अरेन्ज काउन्टीका शेरिफले सामा

अलाबामामा गोली चल्दा चारजनाको मृत्यु, कैयौँ घाइते

अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ । राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डाडेभिलस्थित एक डान्स केन्द्रमा शनिबार राति स्वीट १६ नामक जन्मदिनको पार्टीमा कम्तीमा २० जनालाई गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अलाबामाको कानून प्रवर्तन एजेन्सीले एक विज्ञप्ति …

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु, दुई घाइते

१९ चैत, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित अरेन्ज शहरमा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु भएको छ । शहरको एक कार्यालय भवनमा उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा एक बालक पनि छन् । यो …

अमेरिकाको जर्जियामा अन्धाधुन्ध गोली प्रहार, ६ एसियाली महिलासहित ८ जनाको मृत्यु

४ चैत, काठमाडौं । अमेरिकाको जर्जियास्थित तीन मसाज पार्लरमा अन्धाधुन्ध गोली चल्दा आठजनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार जर्जियाको एकवोर्थ सहरको एक मसाज पार्लरमा चार र अन्य दुई मसाज पार्लरमा गरी चारजनाको मृत्यु …