प्रदुषण नगर्दा पनि जलवायु परिवर्तनको उच्च जोखिममा छौंः मन्त्री चौधरी
वातावरण मन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन र यसका असर तथा प्रभाव न्यूनिकरण गर्ने सवालमा नेपाल जी७७ चिन र अति कम विकसित मुलुकहरु (एलडीसी) को पक्षमा रहेको बताएकी छिन् । यी निकायले तयार गरेको अवधारणालाई नै नेपालले आत्मसात गर्ने बताइन।