भौतिक पूर्वाधार विकास कार्यालयले कैलाली जिल्लामा ४६ करोडमा सडक र पुलका ९० वटा योजना अगाडि बढाएको छ ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले ६६ वटा सडक, दुई वटा मोटरेवल पुल, आठ वटा झोलुङ्गे पुल र बाँकी गत वर्षका क्रमागत योजनाहरु कार्यान्वयन गरिरहेको हो । कुल बजेटमध्ये हालसम्म नौ करोड रुपैयाँ खर्च भएको भौतिक पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख सिनियर डिभिजनल ईन्जिनियर श्यामबहादुर खड्काले बताए । उनले करिव २० प्रतिशत बजेट खर्च भएको बताउँदै आर्थिक प्रगति