५० लाख ठगीमा पक्राउ परेका पुनलाई काठमाडौँबाट दाङ ल्याइयो

दाङ घोराहीका विकास पुनलाई प्रहरीले काठमाडौँबाट मंगलबार दाङ ल्याइपुर्‍याएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुनलाई जिल्ला ल्याइ कानुनी प्रक्रिया अनुसार अगाडी बढाएको बताए ।कारसहित राजधानीको सुनधारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै कारबाट प्रहरीले जिल्ला ल्याएको हो । कपिलवस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनलाई सोमबार काठमाडौँमा पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका वडा नं. १५ का पुनका व

सम्बन्धित सामग्री

अनलाइनमार्फत ल्यापटप कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– प्रहरीले अनलाइनमार्फत सामान कुरियर गर्न लगाई ठगी गर्ने गिरोह पक्राउ गरेको छ । ठगीमा संलग्न दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १५ का राज भन्ने मिनबहादुर थापा, भारतको हैदरावादका फेनि कुमार जेट्टी, भारतको हैदरावादकै हेमन्त भुद्दगिरी र भाष्कर नायक पक्राउ परेका हुन् । उनीहरुले हाम्रोबजार डट कम नामक अनलाइन किनमेल साइटबाट ल्यापटप झिकाई ठगी […]

५० लाख ठगी प्रकरण- घोराहीका निर्माण व्यवसायी वसन्त कुँवर पक्राउ

दाङ । ५० लाख ठगीमा मुद्दामा पक्राउ परेका घोराही-१५ का विकास पुनको बयानको आधारमा घोराहीका निर्माण व्यवसायी वसन्त कुँवर पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा भन्दै उनलाई पक्राउ गरेको हो । वसन्तले ठगीमा समातिएका पुनको पैसा अरुको खाता प्रयोग गरेर हाल्न लगाएपछि उनलाई पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक […]

५० लाख ठगी मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर पक्राउ

५० लाख ठगीमा पक्राउ परेका दाङ घोराहीका विकास पुनको मुद्दामा घोराहीको एक बैंक म्यानेजर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले विष्टलाई  कार्यालयबाट पक्राउ गरेर ल्याएको पुष्टि गरे । उनले ठगीमा समातिएका पुनको पैसा आ