अन्तर्वार्ता: 'सुन तस्करीको मुद्दा सम्बोधन नगरे मुलुक अप्ठेरो अवस्थामा पुग्छ'

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । उक्त तस्करीको सुन प्रकरणले संसद्‍ अवरुद्ध छ । क्विन्टल सुन तस्करीमा अन्तरदेशीय गिरोह संलग्न रहेको भन्दै उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले साउन १० देखि संसद् अवरोध गरिरहेको छ ।