ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए ।
धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा गम्भीर किसिमका कोरोना संक्रमित व्यक्ति बढेसँगै उपचारमा सहजताका लागि महासंघले अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । अक्सिजन नियमित ...