लामो समयदेखिको पारिश्रमिक नपाएका गोर्खा टेलिभिजनका कर्मचारीले आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । ललितपुरको जावलाखेलबाट साझा सञ्चार मिडिया प्रा.लि.को नाममा सञ्चालनमा रहेको गोर्खा टेलिभिजनले १२ जनाभन्दा बढि श्रमिकको पारिश्रमिक नदिए पछि चरणबद्ध आन्दोलनको थालनी गरेका हुन् । संस्थाका संचालक तेज बिक्रम थापाले कर्मचारीलाई काममा लगाएर पनि महिनौंदेखिको बाँकी बक्यौता नदिएपछि पीडित पत्रकारहरुले श्रमजीवी-पत्रकार संघ, नेपालको केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । पटक-पटकको अनुरोध र