कांग्रेस नेता जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जोशीलाई फागुन १३ गते राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो । पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री बन्नुभएको थियो । मन्त्री बन्दा सार्वजनिक संस्थानहरुको सुधारगरेकोमा उहाँको प्रशंसा गर्ने गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल संगठक एवम पूर्वमन्त्री जोशीको असामयिक निधनको खबरले आफू निकै मर्माहत भएको बताउनुभएको छ ।