काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतपेटिका भण्डारण र मतगणनाको निर्वाचन आयोग परिसरबाटै अनुगमन गर्ने प्रक्रिया निर्वाचन आयोगले अघि बढाएको छ । आयोगले भिडियो म्यानेजमेन्ट सिस्टमबाट मतगणना स्थलको अनुगमनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको हो । सो प्रणाली जडानको समन्वयका लागि आयोगले सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ । निर्वाचन आयोगको […]