१० पुस, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३औं साधारण सभा तथा अधिवेशनबाट दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा मनिष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा […]