बसाइँसराइका कारण बाँझिदै खेतीयोग्य जमिन

बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन्। भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो। जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ।