नेकपा एमाले निकट अनेरास्ववियूले स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गरेको छ । आइतबार अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।आगामी फागुन १४ गते स्ववियु चुनाव सम्पन्न हुने गरी कार्यतालिका ल्याउन अनेरास्ववियू सचिवालय सदस्य तथा त्रिविका इन्चार्ज मदन विष्टले जानकारी दिए । यस्तै त्रिविले अध्ययन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्काल अनिवार्य सञ्चालन गर