उद्योग विस्तारका लागि पूर्ण सहयोग हुन्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशङ्कामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । उनले उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुन्छ भन्ने कुरा हृदयगम गर्न अपिल गरेकी हुन् ।ऊर्जा खपतका विषयमा निजी क्षेत्रसँग आज मन्त्रालयमा भएको छलफलमा उनले भनिन्, “निजी क्षेत्रलाई हामी चाहिएजति गुणस्तरीय विद्युत उपलब्ध गरउँछौँ ।” उनले सहज तवरले कुनै पनि बिलम्ब नगरीकन विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै केही समस्या भएमा सिधैँ कार्यकारी निर्देशक र आफूलाई पनि सम्पर्क गर्न आग्रह गरिन् ।निजी क्षेत्रले विद्युत् महसुल दर कम गरेर खपत बढाउन सकिने भनि दिएको सुझावमा मन्त्री भुसालले यस विषयमा आफू सकारात्मक रहेको तर विद्युत खरिद दर(पिपिए)का आधारमा महसुल दर हेरफेर गरिनुपर्ने बताईन् । उनले निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्ने भएकाले विद्युत खपत गर्ने वैदेसिक लगानीका उद्योग स्थापनामा पहल गर्न आग्रह गरिन् ।कार्यक्रमा मन्त्रालयका ऊर्जा सचिव देवेन्द्र कार्कीले सुधार भनेको निरन्तर हुँदै जाने भन्दै ऊर्जा क्षेत्रका गुणस्तर सुधारका लागि आफूहरू प्रतिवद्ध रहेको बताए  । उनले उद्योगी तथा व्यवसायीलाई समस्या परेको भए कहाँ र केके समस्या परेको हो स्पष्टरूपमा विषय खुलाएर आए त्यस्ता समस्या समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई १३२ केभीबाट विद्युत लिन आग्रह गरे । उनले भने, “हामीले ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउन १३२ केभीका प्रशारण कोरिडोर निर्माण गरेका छौँ, त्यसबाट विद्युत लिँदा गुणस्तरमा कुनै समस्या हुँदैन ।”छलफलमा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गुणस्तरीय विद्युत उपलब्ध गराउन र ट्रान्समिशन लाइनको भरपर्दो पूर्वाधार विकास गर्न सुझाव दिए  । त्यसैगरी छलफलमा सहभागी अन्य उद्योगीहरूले गुणस्तरीय विद्युत उपलब्ध गराउन र विद्युत महसुल कम गर्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताए । 

सम्बन्धित सामग्री

जाँदाजाँदै मालदार अड्डामा नियुक्त गर्दै ऊर्जामन्त्री भुसाल

काठमाडाैँ- ऊर्जामन्त्री पम्फा भुसालले आफ्नाे मन्त्रालय मातहतमा महत्त्वपूर्ण नियुक्त गर्न लागेकी छन्। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत नियमन आयाेगमा रिक्त रहेकाे एक सदस्य पदमा नियुक्त गर्न लागेकी हुन्। ऊर्जामन्त्री पम्फा भुसालले बुधबार व्यापारिक पृष्ठभूमिमा एक व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेकी हुन्। स्राेतका अनुसार बुधबार हुन लागेकाे नियुक्तिमा आर्थिक चलखेलकाे समेत आशंका गरिएकाे छ। […]

ललितपुर ३ तोसिमा कार्की निर्वाचित, ऊर्जामन्त्री भुसाल तेस्रो

एमालेका अमृत खड्का र बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै रास्वपाकी तोसिमा कार्की निर्वाचित भएकी हुन् ।

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

चितवन, २५ भदौ । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । “हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात […]

ऊर्जामन्त्री भुसाल र भारतीय राजदूतबीच भेटवार्ता, के कुरा भयो ?

काठमाडौं, १८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको जनाईएको छ । सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले […]

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ,८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकि छिन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् । मन्त्री भुसालले भनिन्, “विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ […]

ऊर्जामन्त्री भुसाल र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ, ५ फागुन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आज (बिहीबार) मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो। तस्वीर : नवीन पौडेल-रासस

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सन्तोषजनक : ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फा भुसालले संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेकी छिन् । बुधबार हेलिकप्टरबाट संखुवासभा आएकी मन्त्री भुसालले संखुवासभामा निर्माणधीन अरुण तेस्रो, माथिल्लो अरुण र...

ऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूत रुसेकबीच भेटवार्ता

काठमाडौँ, १५ भदौ: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यबाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरुबीच मङ्गलबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो । -तस्बिर : रत्न श्रेष्ठ, रासस

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट

काठमाडौँ, १५ साउन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलगायत शिष्टाचार भेटवार्ता ।   -तस्बिर : रत्न श्रेष्ठ, रासस

काम गर्न सरल छु, व्यक्तिगत स्वार्थ छैन : ऊर्जामन्त्री भुसाल

३० असार, काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् । ‘काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र […]