नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
आज सार्वजनिक भएको मत परिणामअनुसार केन्द्रीय सदस्य मुस्लिम (खुला) दुई पदमा अब्दुल रज्जाक दुई हजार ३९० मत र अब्दुल सतार दुई हजार २२८ मतका साथका साथ निर्वाचित भएका छन् । सो पदमा उम्मेदवारहरु अकिल मियाँले एक हजार ५९९, अब्दुल रहिमले २९९, मो इर्शाद अन्सारीले एक हजार ४२१, मो नशिर सिद्दिकीले १२३, मोख्तार अहमदले २१८, मोहम्मद निजामुद्दिनले १७९, सलाउ द्दिन मियाँले १६८ र हसन अन्सारीले ४०१ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको...