फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न विभागको आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउनका लागि कार्वाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई अनुरोध गरेको छ । स्वास्थ्यमा प्रतिकुल असर पार्ने उक्त ग्याँसको प्रयोग गरेर काँचो फलफूल पकाउनू खाद्य नियमावली विपरीत भएको भन्दै फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको हो । […]