धेरैले प्रतीक्षा गरेको दसैँ पनि सकियो । एक महिना अघिदेखि चर्चा पाएको दसैँैको माहौल एक हप्ता मै शान्त र सुनसान ! त्यसो त दसैँको माहौल नै नभएको कहाँ हो र ! चहलपहल, भीडभाड, रामरमाइलो नै थियो दसैँमा । तर ओजिलो रौनक देखिएन ।संस्कार संस्कृतिमा देखिएको नविनता र सभ्यतामा देखिएको भद्दापनले हामीलाई गिज्जाई रहेजस्तो ।
…