श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए ।उनीहरूबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।राजदूत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह