राप्रपा नेपालको घोषणापत्र सार्वजनिक : स्थानीय शहरहरु स्मार्ट सिटी बनाईने

काठमाडौं : कमला थापाले पुनर्गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ।तीर चिन्ह लिएर निर्वाचनमा गएको यस पार्टीले स्थानीय निर्वाचनका लागि मुख्य तीन क्षेत्रहरुलाई प्राथमिकतामा राखी घोषणापत्रमा सार्वजनिक गरेको हो।मूल कार्यक्रम, जनता केन्द्रित बिशेष कार्यक्रम र क्षेत्रगत विकास नीति तथा कार्यक्रम गरी तीन पक्षलाई घोषणा पत्रले समेटेको छ।मूल कार्यक्रम अन्तर्गत राष्ट्रियता, सनातन धर्म, सुशासन, अर्थतन्त्रको विकास, पूँजी निर्माण र गरिबी न्यून