काठमाडौं : बिहीबार पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। बुधबार खुवाउन छुटेका बालबालिकालाई बिहीबार खुवाउन लागिएको हो।सरकारले कात्तिक २ र ३ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि वितरण गरेको हो।करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।आफ्ना बालबालिकालाई नजिकैको महिला स