सोफिया भुजेलले जितिन् ‘मिस यूनिभर्स नेपाल’ को उपाधि

काठमाडौं । ‘मिस यूनिभर्स नेपाल-२०२२’ को उपाधि सोफिया भुजेलले जितेकी छन् । १९ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि जितेकी हुन् । यस्तै, बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए । सोफियालाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् । […]