श्रीलङ्कामा इन्धनको मूल्य घट्यो : गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै पनि दोब्बर

श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ । विश्व बैंकले यसवर्ष अर्थतन्त्र ९ दशमलव २ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त देश श्रीलङ्काले इन्धनको मूल्य घटाएको हो । त्यहाँको ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ कायम गरेको छ । घटेको मूल्य गएरातिदेखि नै लागू भएको समाचार संस्था एएफपीले जनाएको छ । तर नियमित पेट्रोलको मूल्य गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ । डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ । श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन ख...