युद्धमा तीन हजार युक्रेनी सैनिक मारिए, रुसबाट रासायनिक आक्रमणको जोखिम : जेलेन्स्की

रुसले आक्रमण सुरु गरेयता तीन हजार युक्रेनी सैनिकको निधन भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। अरु १० हजार सैनिक घाइते भएको उनले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका ज्याक टेपरसँगको अन्तर्वार्ताको क्रममा उनले युद्धमा हताहत भएका सैनिक र घाइतेबारे जानकारी गराएका हुन् । महिना दिनअघि जेलेन्स्कीले युद्धमा मारिने […]

सम्बन्धित सामग्री

रूसविरुद्धको लडाइँमा १३ सय युक्रेनी सैनिक मारिए : राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको लडाइँमा अहिलेसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको बताएका छन्। जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै १७ दिनको लडाइँमा १३ सय युक्रेनी सैनिकले ज्यान गुमाएको जानकारी दिएका हुन्।युक्रेनले पहिलोपटक आफ्नो तर्फबाट ज्यान गुमाएका सैनिकको आधिकारिक जानकारी दिएको हो। यसअघि युक्रेनले अहिलेसम्म १२ हजारभन्दा बढी रूसी सेनाको ज्यान गएको दाबी गरेको थियो।राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबार मात्र करिब ५००–६०० रूसी सेनाले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको

१३ सय युक्रेनी सैनिक मारिए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेयता करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको जनाएका छन् । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ । रुसी सैनिकले राजधानी किएभलाई घेराबन्दीको प्रयास गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले शनिबार युक्रेनमा अहिलेसम्म ५७९ जना सर्वसाधारणको मृत्यु भएको छ । यस्तै एक हजार दुईजना घाइते भएका […]