भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा काँग्रेस नेता घिमिरे नियुक्त

भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा नेपाली काँग्रेसका नेता यादवप्रसाद घिमिरे नियुक्त भएका छन् ।  नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार घिमिरे हिजोदेखि नै लागु हुनेगरी भूमि आयोग अर्घाखाँचीको अध्यक्ष नियुक्त भएका हुन् । पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानका घिमिरे नेपाल शिक्षक संघका अध्यक्ष समेत हुन् ।काँग्रेस महासमिति सदस्य घिमिरे काँग्रेसको १४ औं अधिवेशनमा काँग्रेस जिल्ला सभापतिमा उम्मेदवार बनेका थिए । यद्यपि नेता घिमिरे अधिवेशनमा पराजित भएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्य