नेपालको पर्यटन प्रबद्र्धन र विकास गर्ने उद्देश्यका साथ सरकारले भ्रमण दशक मनाउने घोषणा गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकोभरी प्लान’ अनुसार मन्त्रालयले यस्तो कार्ययोजना सार्वजनिक गरेको …