वाचा पूरा गर्दै सिमकोट गाउँपालिकाकी उपाध्यक्ष रोकाया

सिमकोट – स्थानीय तह निर्वाचनमा आफूले जिते राज्यबाट पाउने सेवा–सुविधा न्यून आयस्रोत भएका नागरिकका लागि लगानी गर्ने बताएकी गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले आफ्नो वाचा कार्यान्वयनमा ल्याउन लागेकी छन्। उनले बिहीबार एक न्यून आयश्रोत भएका सिमकोट गाउँपालिकाका नागरिकलाई इन्डक्सन चुलो सहयोग गरेकी छन्। उपाध्यक्ष रोकायाले सिमकोट गाउँपालिका–५ का फरक क्षमता रहेका रामबहादुुर शाहीको परिवारलाई एक थान […]

सम्बन्धित सामग्री

कासमूमा कर्णाली प्रदेशमा अब्बल बन्दै हुम्लाको सिमकोट गाउँपालिका

सिमकोट – कार्यसम्पादन मूल्यांकनमा कर्णाली प्रदेशमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका अब्बल बन्दै गएको पाइएको छ। यो कार्य सुरु भएको तीन आर्थिक वर्षमा दुई वर्ष पहिलो स्थान हुन सफल भएर सिमकोट गाउँपालिका कर्णाली प्रदेशमै अब्बल देखिएको हो। ०७७/७८ मा कार्यसम्पादन मूल्यांकन कार्य सुरु भएको थियो। जुन वर्ष सिमकोट गाउँपालिका कर्णाली प्रदेशमै पहिलो भएको थियो भने ०७८/७९ […]

स्थानीय पाठ्यक्रम तयार गर्ने सिमकोट गाउँपालिका पहिलो

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम तयार पार्ने गाउँपालिकामा हिलो भएको छ। स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन ०७६ ले निर्दिष्ट गरेका प्रावधानलाई ध्यानमा राखेर स्थानीय पाठ्यक्रम तयार गरिएको हो। गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले स्थानीय पाठ्यक्रम ‘हाम्रो सिमकोट’ जिल्लामै पहिलो गाउँपालिकाका रुपमा सिमकोटले तयार पारेको बताए। अन्य ६ वटा […]

सार्वजनिक सुनुवाइ गर्दै सिमकोट गाउँपालिका

सिमकोट – सिमकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा गरिएका गतिविधिको सार्वजनिक सुनुवाइ गर्ने भएको छ। दिआगाउँपालिकाद्वारा सम्पादन गरेका गतिविधि जनताको जनपरीक्षण गर्न आगामी असोज २० गते सो सुनुवाइ गर्न लागिएको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारीले ०७९/८० मा गाउँपालिकाले गरेका हरेक गतिविधिबारे आमजनतालाई जानकारी गराउनका लागि सार्वजनिक सुनुवाइ गर्न लागिएको बताए। जनताका लागि गरिएका कामको जनतालाई नै […]

सिमकोट गाउँपालिका सम्मानित

सिमकोट – नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा सिमकोट गाउँपालिका सम्मानित भएको छ। लिमिटेडले हुम्लाबाट रैथाने बाली खरिद तथा बजारीकरणमा उल्लेखनीय भुमिका खेलेको भन्दै सिमकोटलाई सम्मान गरेको हो। अघिल्लो आर्थिक वर्षबाट सिमकोटले स्थानीय रैथाने बाली खरिद गरेर लिमीटेडको शाखालाई प्रदान गर्दै आएको छ। सँधै खाद्यको अभाव भएको भन्दै सरकार र […]

करार सेवामा प्रधानाध्यापक भर्ना गर्दै सिमकोट गाउँपालिका

सिमकोट – सिमकोट गाउँपालिकाले करार सेवामा सामुदायिक विद्यालयका प्रधानाध्यापक भर्ना गर्ने भएको छ। शनिबार सुरु भएको सातौँ गाउँ सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रधानाध्यापक भर्नासम्बन्धी कार्यविधि ल्याएर सिमकोट गाउँपालिकाले आगामी वर्षबाट प्रधानाध्यापक भर्ना गर्ने नीति लिएको हो। हालसम्म पछिल्लो विद्यमान कानुनी प्रक्रिया पूरा नगरेका कारण आगामी वर्षबाट सबै विद्यालयका प्रधानाध्यापक करारमा भर्ना गर्न गाउँपालिका […]

सिमकोट गाउँपालिका २ को वडा अध्यक्षमा काँग्रेसका भण्डारी बिजयी

सिमकोट – सिमकोट गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका देवजंग भण्डारी विजयी भएका छन्। उनी गठबन्धनका तर्फवाट उम्मेदार थिए। मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलका अनुुसार सिमकोट गाउँपालिका २ को वडा अध्यक्षमा भण्डारी विजयी भएका हुन् । उनले कुल मत ७६६ मतमध्ये ३७० प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोरख विष्टले २७२ मत ल्याए। […]

कर्णालीः कार्यसम्पादन मूल्यांकनमा सिमकोट गाउँपालिका पहिलो

सिमकोट– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकननमा हुम्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका पहिलो भएको छ। आयोगले आव २०७९/०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानिकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनबापत प्राप्त गरेको अङ्कसहितको प्रतिवेदन यही फागुन १८ गते सार्वजनिक गरेको थियो। प्रतिवेदनका अनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये सिमकोट […]

सिमकोट गाउँपालिका प्रदेशमै पहिलो

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा हुम्लाको सिमकोट गाउँपालिका कर्णाली प्रदेशमा पहिलो भएको छ । आयोगले आर्थिक वर्ष २०७९/०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनबापत प्राप्त गरेको अंकसहितको प्रतिवेदन यही फागुन १८ गते सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका […]

सिमकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम

कर्णाली- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ । आयोगले आव २०७९/०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त गरेको अङ्कसहितको प्रतिवेदन यही फागुन १८ गते सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये उक्त […]