२७ ओटा निर्माण व्यवसायीलाई ७ दिननित्र स्पष्टीकरण दिन चेतावनी

चैत ३०, काठमाडौ । सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय बैतडीले २७ ओटा निर्माण कार्य गर्ने ताकेतासहित स्पष्टीकरण पेश गर्न विभिन्न निर्माण कम्पनीहरुलाई सूचना जारी गरेको छ । बुधवार सूचना प्रकाशित गर्दै सडक डिभिजन बैतडीले आफ्नो माताहत अन्तर्गत विभिन्न ठेक्काहरुमा ठेक्का सम्झौता अनुसार गर्नुपर्ने कार्यको म्याद समाप्त भइसकेको साथै विगतमा विभिन्न कारण वश थप भयको म्यादमा समेत निर्माण सम्पन्न गर्नेतर्फ निर्माण व्यवसायी उदासीन रहेको पाइएको बताएको छ । कार्यतालिका अनुसार निर्माण कार्यको प्रगति हासिल नभएको, पटक- पटक लिखित तथा मौखिक ताकेता र निर्देशन दिइएकोमा हालसम्म पनि कार्यप्रगति नदेखिएको भन्दै  उक्त कार्यालयले निर्माणकार्य तोकिएको समयावधिभित्र सम्पन्न गर्ने विश्वसनीय आधारसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अनिवार्य रुपमा आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित हुन भनेको छ ।   साथै उक्त कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पनि स्पष्टीकरण नदिए प्रचलित कानून तथा ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया बढाइने बताएको छ ।