सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर मार्फत १४ र एन्टिजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पतालमा ६ जनामा पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुरका तीन र बैतडीका दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण