गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनको कालो ब्यानर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले राष्ट्र बैक अगाडि कालो ब्यानर टाँसेको छन् । आज बिहान राष्ट्र बैकको कार्यालय अगाडि विद्यार्थी संगठनले व्यानर टाँसेको हो । उनीहरुले गभर्नर अधिकारीको राजीनामा माग गर्दै टाँसेको ब्यानर प्रहरीले हटाएको छ । यसअघि आइतबार अखिल  क्रान्तिकारी र नेविसंघले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक […]

सम्बन्धित सामग्री

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक परिसरमा कालो ब्यानर

४ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए […]

निलम्बित गभर्नर अधिकारीको पक्षमा कोणसभा, सरकारविरुद्ध कालो ब्यानर

४ वैशाख, काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा कर्मचारीहरुले केन्द्रीय कार्यालयमा कोण सभा गरेका छन् । स्वायत्त संस्थामाथि सरकारले ठाडो हस्तक्षेप गरेकाले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्न माग गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले आन्दोलित भएको हो । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको मूल गेटमा कालो ब्यानर झुन्ड्याएर उनीहरुले […]

गभर्नर निलम्बनविरुद्ध राष्ट्र बैंकमा कालो ब्यानर

छानबिन समिति गठन गरी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोमा राष्ट्र बैंक कर्मचारी संघले बिरोध प्रदर्शन गरेको छ । संघले केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका सबै कार्यालयमा कालो ब्यानर झुन्डाएको छ ।

गभर्नर अधिकारीको निलम्बन अविलम्ब फिर्ता गर्न कर्मचारीहरुको माग

नेपाल राष्ट्र बैंकका कर्मचारीहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि लगाइएको आरोप फिर्ता लिँदै अविलम्ब निलम्बन फुकुवा गर्न कर्मचारीहरुले माग गरेका हुन् ।  आइतबार नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुन्ड्याउँदै कोणसभाको ...

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ- सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभा गरेको हो। राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहर...

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ- सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभा गरेको हो। राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहर...

गभर्नर निलम्बनको विरोधमा कर्मचारी युनियनले राष्ट्र बैंकमा झुण्ड्यायो कालो ब्यानर

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरुप नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउदै कोणसभाको गरेको छ।नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्डाईएको कालो व्यानरमा “केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर', 'निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर श्री महा प्रसाद अधिकारी माथि शुरु गरिएको कारवाही प्रक्रिया अबिलम्ब फिर्ता गर” र “संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर' भन्ने नाराहरु समावेश गरिएको छ।कालो ब्यानर झण्डाउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले जब जब राज्य संचालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तव तव नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए । हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने गरेको बताए ।यस अघि पनि केन्द्रीय बैंकका गभर्नरहरु क्रमशः कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियार देखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफुहरुसँग भएको बताउदै अध्यक्ष तिम्सिनाले गभर्नर माथि गरिएको कारवाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरे ।उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा आम कर्मचारीहरुको उपस्थिति रहेको संघले जनाएको छ।