काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकता प्राप्त काठमाडौँ–तराईरमधेस द्रुतमार्ग(फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा गर्न नेपाली सेना दृढ रहेको बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले नेपाली जनताले निकै आशा र भरोसा गरेको सामरिक महत्त्व बोकेको द्रुतमार्ग आगामी विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरी काम भइरहेको […]