काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रवार (६ गते) बोलाइएको प्रतिनिधि सभा बैठकमा टेबल हुने बताउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री बडुले दलहरूबीचको सहमतिमै एमसीसी सम्झौता अघि बढाउन आवश्यकता महसुस गरेरै सरकारले आज र भोलि (दुई दिन) को समय दिएको पनि स्पष्ट पार्नुभयो ।
आज बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीलाई टुङ्गो लगाउने सार्वभौम संस्था संसद् भएकाले त्यहीँ छलफल गरेर टुङ्गो लगाउन सर...