काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आज बिहीवार गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले काठमाण्डौमा आयोजना गरेको नागरिकता, लगानी तथा वैदेशिक रोजगारीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । सबै पक्षसँग समन्वय गरी गैरआवासीय नेपालीको नागरिताको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्ने उहाँले आश्वासन दिनुभयो । आफूसँग भएको सीप र पुँजी नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरूला...