तस्बिरहरू: युद्ध संग्रहालय अलपत्र

माओवादी युद्ध संग्रहालय अहिले अलपत्र परेको छ । यहाँको चुनबाङको भेरीडाँडालाई ऐतिहासिक स्थलका रूपमा विकास गरेर संसारले सिक्ने युद्ध पाठशालाका रूपमा प्रचारप्रसार गर्ने योजनाका साथ माओवादीले युद्ध संग्रहालय निर्माण थालेको हो । संग्रहालयले आकार लिन नपाउँदै अलपत्र परेको छ ।

सम्बन्धित सामग्री

द्वन्द्व सम्झाउने संग्रहालय अलपत्र

रुकुम पूर्वका विभिन्न स्थानमा निर्माण थालिएका युद्ध संग्रहालय अहिले अलपत्र छन् । सशस्त्र द्वन्द्वको दशक स्मरणका लागि निर्माण थालिएका संग्रहालयलाई पूर्णता दिन कसैको पनि चासो देखिएको छैन । नेकपा माओवादीले सशस्त्र संघर्ष सुरुवात गरेका जिल्लामध्ये रुकुम पूर्व पनि एक हो । द्वन्द्वका विभिन्न पक्ष संग्रहका लागि भनिएका संग्रहालय उपयोगविहीन बनेको जिल्लाका सरोकारवालाले बताएका छन् ।