मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आव २०७९/८० मा लक्ष्यको आधा पनि भन्सार राजस्व संकलन गर्न सकेन । १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ७७ अर्ब रुपैयाँमात्र राजस्व असुली भएको हो । अघिल्लो वर्षको तुलनामा पनि यो ज्यादै कम हो ।