लुम्बिनी प्रदेश सरकारले दुई बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेको छ । जनता समाजवादी पार्टीका सुमन शर्मा रायमाझीलाई कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र पुर्मती ढेंगालाई श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको हो ।