मन्त्रीको निर्देशन: फोहोर पानी प्रशोधन केन्द्र निर्माण समयमै पूरा गर्नूस्

ललितपुर - खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। काठमाडौं उपत्यकाको सहरीकरणसँगै बढ्दै गएको फोहोर पानीको समस्या समाधानका लागि यो परियोजना महत्त्वपूर्ण भएको बताउँदै मन्त्री यादवले यसलाई समयमै सम्पन्न गरी सञ्चाल...